मनमोहन स्मृति कविता प्रतियोगिता–२०८३ का लागि छनोट भएका कविताहरूको सूची सार्वजनिक

मनमोहन मेमोरियल फाउन्डेसनले २७औँ मनमोहन स्मृति दिवसको अवसरमा आयोजना गर्न लागेको “राष्ट्रव्यापी मनमोहन स्मृति कविता प्रतियोगिता–२०८३” का लागि छनोट भएका कविताहरूको सूची सार्वजनिक गरेको छ।

फाउन्डेसनका अनुसार देशभरबाट प्राप्त भएका कविताहरूलाई निर्धारित मापदण्डका आधारमा मूल्यांकन गरी उत्कृष्ट ३० वटा कविता छनोट गरिएको हो। छनोटमा परेका स्रष्टाहरूलाई निर्धारित कार्यक्रममा आफ्नो कविता वाचनका लागि निमन्त्रणा गरिएको जनाइएको छ।

✍️ छनोट भएका कविताहरू:

१. एक युग पुरुषको जन्म — कैलास साउद (अछाम)

२. मनमोहन — अनाम अप्रेषित (खोटाङ)

३. निष्ठाको हिमाल — मदनराज थापा (काठमाडौं)

४. अधिकारको पर्वत — एस. पी. अर्याल (अछाम)

५. हिमज्वालाको सुगन्ध — नरोत्तम श्रेष्ठ (तनहुँ)

६. इतिहासको चक्रव्यूह र मुक्तिको बिगुल — शोभा अधिकारी (चितवन)

७. मनमोहनको सन्देश — चेतन बस्नेत ढुंग्याल (संखुवासभा)

८. निष्ठाको धरोहर मनमोहन अधिकारी — हरिमाया पौडेल (दैलेख)

९. मनमोहनको सपना — जीवन चापागाईं (रसुवा)

१०. कमरेड मनमोहन अधिकारी — कृष्णप्रसाद पौडेल ‘जस्ताखेरो’ (नुवाकोट)

११. मनमोहनः एक इतिहास — भरत थापा (धनकुटा)

१२. अधिकारित घोषणा — प्रशान्त खरेल (काठमाडौं)

१३. एउटा चित्र — सोमनाथ दाहाल (काठमाडौं)

१४. समयको धारमा उभिएको शिला — गोमा श्रेष्ठ (लमजुङ)

१५. मनमोहन पथमा अघि बढौं — माधवहरी पौडेल (मोरङ)

१६. मनमोहनको बाटो — बालकृष्ण कट्टेल (धनकुटा)

१७. मनमोहनको माया — पुष्पराज आचार्य (कालिकोट)

१८. युगको सूर्यदय — टिला लेखाली (मोरङ)

१९. मनमोहन अधिकारी, नेतृत्व सर्वोपरि — जयनारायण भट्टराई (इलाम)

२०. इनामको महाकाव्य — नामुश्या दाहाल (मोरङ)

२१. दुःख निष्कर्षी — त्रिलोचन आचार्य (काठमाडौं)

२२. नेता मनमोहन प्रति — राधिका भण्डारी सापकोटा (काठमाडौं)

२३. चेतनाका दीप मनमोहन — महेन्द्र प्रकाश सिवाकोटी (काठमाडौं)

२४. श्रद्धा भरेको स्तोत्रमा — लक्ष्मण तिमिल्सिना (स्याङ्जा)

२५. मनमोहन — कृष्ण सुवेदी (काठमाडौं)

२६. आवाज — सुदीक्षा सिंह ठकुरी (काठमाडौं)

२७. मनमोहन: जनताको चेतनामाथि स्थायी अभियान — त्रिलोचन सुवेदी (बर्दिया)

२८. मनचित्रको चित्र — गोपालकुमार न्यौपाने (भक्तपुर)

२९. आदर्शको अदृश्य प्रतिबिम्ब — निर्जला तस्माल (नुवाकोट)

३०. लज्जित समयको ऐना — तारादेवी सुनुवार (दोलखा)

📅 कार्यक्रम सम्बन्धी जानकारी

मिति: २०८३ वैशाख १३ गते, आइतबार

समय: बिहान ११:०० बजे

स्थान: बसुन्धरा ब्यांक्वेट, बसुन्धरा चोक, काठमाडौं