अन्तर प्रतिष्ठान बैठक सम्पन्न

२०८० चैत्र १५, काठमाडौं, 
मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा देशको राष्ट्रियता, स्वाभिमान र वामप्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउनुभएका दिवंगत नेताहरुको नाममा स्थापित प्रतिठानाहरुका बीच अन्तर प्रतिष्ठान बैठक सम्पन्न भएको छ । मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष श्री ईश्वर पोखरेलज्यूको अध्यक्षतामा बसेको यस बैठकमा तुलसीलाल स्मृति प्रतिष्ठान, सुखानी शहीद स्मृति प्रतिष्ठान, शहीद रत्न बम प्रतिष्ठान, जीवराज आश्रित फाउण्डेशन, शहीद ऋषि आजाद स्मृति प्रतिष्ठान लगायतका प्रतिष्ठानहरुको जिम्मेवार पदाधिकारीहरु उपस्थित हुनुहुन्थ्यो । बैठकमा उपस्थित प्रतिष्ठानका पदाधिकारीहरुले आफ्ना प्रतिष्ठानका अनुभव, असल अभ्यास, भावी योजना लगायतका विषयमा बारेमा जानकारी दिएका थिए । बैठक आयोजना गरिएकोमा उपस्थित महानुभावहरुबाट मनमोहन स्मृति प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्दै यस्ता बैठकहरुले निरन्तरता दिनुपर्ने धारणा व्यक्त भए ।

बैठकका अध्यक्ष श्री ईश्वर पोखरेलज्यूले देश र जनताको पक्षमा जीवन अर्पण गरेका नेताहरुको नाममा स्थापित प्रतिष्ठानहरुले दिवंगत नेताहरुको योगदानलाई युवा माझ पुर्याएर प्रेरणा जगाउँदै सकारात्मक धारणा अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । साथै, उहाँले समान उद्देश्य बोकेका यस्ता प्रतिष्ठानहरुले निरन्तर रुपमा विचार आदान प्रदान गर्नुपर्ने र सम्भव विषय तथा क्षेत्रमा संयुक्त कार्यक्रमहरु आयोजना गर्नुपर्न धारणा व्यक्त गर्नुभयो ।