- Emailmanmohanmf@gmail.com
- Contact9851198246
नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री एवम् नेकपा (एमाले) का प्रथम अध्यक्ष श्रद्धेय मनमोहन अधिकारीका नाममा
स्थापित ‘मनमोहन अधिकारी स्मृति प्रतिष्ठान’द्वारा मनमोहन अधिकारीको २७ औँ वार्षिक स्मृति दिवसका अवसरमा
जीवनवादी चेतना बोकेका नेपाली कवि र कवितालाई प्रोत्साहित गर्ने उद्देश्यले राष्ट्रव्यापी ‘मनमोहन स्मृति कविता
प्रतियोगिता–२०८३’ आयोजना गर्न लागिएको बेहोरा सहर्ष जानकारी गराउँदछौँ । उक्त प्रतियोगितामा सहभागी हुन
इच्छुक कविहरूलाई हालसालै खिचेको एकप्रति फोटोसहित कविता रचना मिति २०८२ चैत्र २० गतेभित्र
निम्नलिखित इमेल ठेगानामार्फत पठाउनुहुन वा प्रतिष्ठानको कार्यालयमा आई दर्ता गराउनुहुन अनुरोध गर्दछौँ ।
(१) कविता मनमोहन अधिकारीको जीवनसङ्घर्ष, व्यक्तित्व, कृतित्व, योगदान र सपनालाई विषय बनाएर रचिएको हुनुपर्ने छ । त्यसमा समकालीन राष्ट्रिय÷अन्तर्राष्ट्रिय सन्दर्भहरूलाई समेत स्पष्ट वैचारिक दिशासहित कलात्मक रूपमा प्रस्तुत गर्न सकिने छ ।
(२) कविता नेपाली भाषामा र प्रीति फन्टमा कम्प्युटर टाइप गरिएको हुनुपर्ने छ ।
(३) कविता बढीमा १५० शब्दमा गद्य र पद्यमध्ये कुनै एक लयमा रचना गरिएको हुनुपर्ने छ ।
(४) कविता प्रगतिशील र समाज रूपान्तरणकारी विचार वा चेतनाले युक्त हुनुपर्ने छ, पूर्णतः मौलिक हुनुपर्ने छ र यसअगि कुनै पनि माध्यममा प्रसारण/प्रकाशन नभएको हुनुपर्ने छ ।
(५) कविता कुनै पनि व्यक्ति, जाति, लिङ्ग, समुदाय, संस्कृति, धर्म, भाषा, क्षेत्र, राष्ट्र आदिको भावनामाथि आघात नपुग्ने गरी लेखिएको र अश्लील प्रसङ्ग वा पद–पदावली, वाक्यांश वा वाक्यको प्रयोग नभएको हुनुपर्ने छ ।
(६) म्याद नाघी आएका र निर्धारित मापदण्डविपरीत रहेका कवितालाई प्रतियोगितामा समावेश गरिने छैन ।
(७) प्राप्त प्रतियोगी कविताहरूलाई कोडिङ गरी मूल्याङ्कनका लागि गठित विज्ञहरूको समितिबाट निर्धारित मापदण्डअन्तर्गत मूल्याङ्कन गराई उत्कृष्टताका आधारमा प्रारम्भिक रूपमा तिसओटा कविता छानिने छन्र ती कविताका कविलाई २०८३ वैशाख १२ गते काठमाडौँमा आयोजना गरिने भव्य समारोहबिच वाचन गर्न लगाइने छ अनि वाचनसमेतको मूल्याङ्कनपछि प्राप्त कुल अङ्कको योगका आधारमा सर्वाधिक उत्कृष्ट देखिएका तीनओटा कविताका कविलाई निम्नानुसार पुरस्कृत गरिने छ ।
(क) प्रथम स्थान प्राप्त गर्ने कविताका कविलाई प्रमाण–पत्रसहित नगद पुरस्कार रु. ५०,०००÷– (अक्षरेऽपि पचास हजार)
(ख) द्वितीय स्थान प्राप्त गर्ने कविताका कविलाई प्रमाण–पत्रसहित नगद पुरस्कार रु. ३०,०००÷– (अक्षरेऽपि तिस हजार)
(ग) तृतीय स्थान प्राप्त गर्ने कविताका कविलाई प्रमाण–पत्रसहित नगद पुरस्कार रु. २०,०००÷– (अक्षरेऽपि बिस हजार)
कविता प्रेषित गर्ने ठेगानाः मनमोहन स्मृति प्रतिष्ठानको कार्यालय, सानेपा, ललितपुर
इमेल ठेगानाः manmohanmf@gmail.com
सम्पर्क नम्बरः ०१५४४४६६९/ ९८५११९८२४६