राष्ट्रव्यापी मनमोहन स्मृति कविता प्रतियोगिता–२०८३ का लागि कविता प्रेषित गर्ने म्याद थप सम्बन्धी सूचना

Manmohan Memorial Foundation द्वारा आयोजना गरिँदै आएको “मनमोहन स्मृति कविता प्रतियोगिता–२०८३” का लागि कविता प्रेषित गर्ने अन्तिम म्याद थप गरिएको जानकारी गराइन्छ ।
पहिले तोकिएको समयसीमाभित्र कविता प्रेषित गर्न नसक्नु भएका इच्छुक सर्जक तथा कविहरूलाई थप अवसर प्रदान गर्ने उद्देश्यले म्याद वृद्धि गरिएको हो । अब सहभागीहरूले आफ्नो मौलिक कविता नयाँ तोकिएको म्यादभित्र प्रेषित गर्न सक्नुहुनेछ ।

Published

6 Apr 2026